कांग्रेस बैठक आज २ बजे बस्ने, महाधिवेसन सार्ने तयारी

Congress karyesamiti baithak

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले १४औँ महाधिवेशनको टुंगो लगाउने छ ।

यद्यपि शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।

सो सहमतिलाई आज बस्ने बैठकले भदौ १६ देखि १९ मा हुन सक्ने या नसक्ने भन्नेबारे ठोस निर्णय हुन सक्ने नेता गुरूराज घिमिरेले जानकारी दिए । यस विषयमा समझदारी जुटाउन केन्द्रीय कमिटी बैठकअघि शीर्ष नेताबीच छलफल हुने छ ।

विहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने पूर्वनिर्धारित एजेण्डा छ ।

घिमिरेका अनुसार अब निर्धारित मितिमा महाधिवेशन असम्भव भएकाले प्रतिकात्मक तवरले सो मितिमा ७ वटै प्रदेशका केही पालिकामा सर्वसम्मत अधिवेशन गरेर पुषसम्म महाधिवेशन गरिसक्ने विकल्पमा पार्टी जान सक्नेछ ।

केही कानून व्यवसायीहरुले पनि यस्तो गरेमा पार्टीको बैधतामा खासै अप्ठ्यारो नपर्ने भएकाले निर्वाचन आयोगसँग अनुमति लिने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले पनि भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न सम्भव नदेखिएकोले महाधिवेशनलाई कहिले र कसरी भन्नेबारे केन्द्रीय समितिमार्फत टुंग्याउनु पर्ने निष्कर्ष निकालेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...