वाईसियल दोलखाको नेतृत्व हत्याउन तिब्र दौडधुप : मुख्य ३ प्रत्यासी !

227310365 2125804441

वाईसियल दोलखाको जिल्ला भेला भाद्र ५ गतेको लागि तय भएको छ ।

जिल्ला भेलाको तयारीका लागि विषयगत समितिहरु बनेका छन् । भेला नजिकिएसंगै नेतृत्व हत्याउनका लागि वाईसियलका नेताहरुले आफ्नो पक्षमा चर्को लबिङ्ग सुरु गरेका छन् । युवाको यो भेलाले प्रतिस्पर्धात्मक राजनीतिमा सकारात्मक पाईला भएको माओवादी केन्द्रका एक जिल्ला नेताले बताए ।

पहिले पहिलेको कार्यकालमा नेतृत्वले आपसी समझदारी र संगठनको आवश्यकता अनुसार नेतृत्व छनौट गर्ने गरेता पनि यसपटक भने वाईसियलको नेतृत्व छनोट गर्न पार्टीको जिल्ला नेतृत्वलाई हम्मे-हम्मे परेको छ । हाल वाईसियलको जिल्लाको बागडोर नवराज अर्यालको हातमा छ । उनी पार्टीको जिल्ला कमिटी सदस्य समेत हुन् ।

अबको जिल्ला भेलाले एक जना जिल्ला नेतृत्व छनोट गर्ने छ जसमा मिनकुमार शिवाकोटी, भरत श्रेष्ठ र साङ्गे शेर्पा मुख्य आकांक्षी देखिएका छन् भने रोहित बुढाथोकी, विकास फुयाल लगायतको पनि चर्चा सुरु भएको छ ।

शिवाकोटी, श्रेष्ठ र शेर्पा वाईसियल नेपालको बागमती प्रदेश कमिटी सदस्य हुन् भने शेर्पा संगठनको वर्तमान कमिटीका उपाध्यक्ष समेत हुन् । आकांक्षी जति देखिएपनि आपसी सहमतिमा जिल्ला नेतृत्व छनोट गर्न जिल्ला पार्टीको टिम लागि परेको स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...