कमाई र पैसामा ध्यान दिनेको जीवनमा प्रेमको कमी हुने रिसर्चको दाबी

Love 26

काठमाडौं । प्रेमले भरिएको सम्बन्ध तोडिने एक कारण पैसा हुन सक्छ तर यस विषयमा भएको नयाँ अध्ययनले यसबारे अझै गहिरो तथ्य फेला पारेको छ । नयाँ रिसर्चले आफ्नो कमाई र पैसामा ध्यान दिने मानिसले सम्बन्धलाई दह्रो बनाई राख्न नसक्ने रिपोर्ट सार्वजनिक गरेको छ ।

यस्ता मानिससँग जीवनसाथीको सम्बन्ध त्यति राम्रो नहुने हुन्छ । त्यसको निश्कर्ष उनीहरुको बाटै बेग्ला–बेग्लै हुने गर्दछ । यो अनुसन्धान रिसर्च मिशिगन र टेक्सास युनिभर्सिटीका आनुसन्धानकर्ताहरुले मिलेर तयार गरेका हुन् ।

शोधकर्ताहरुले रिसर्चमा ४३४ यस्ता मानिसहरुलाई आफ्नो अनुसन्धानमा सामेल गरे जो विवाहित वा लामो समय सम्बन्धमा रहेका थिए । यी मानिससँग कुराकानी गरेर उनीहरुले दम्पतीबीच कति पटकसम्म उनीहरु बीच सम्बन्ध रहेन र आपसी समझदारी बनेन भन्ने कुराको जानकारी लिए ।

यसका साथै रिसर्चमा सहभागी मानिसहरुलाई आर्थिकोपार्जनको स्रोतहरुका उपाय बारे उल्लेख भएको लेखरचना पढ्न दिइएको थियो । त्यसैगरि आर्थिकोपार्जनका स्रोतहरुका उपाय र जीवनको गुणस्तरका बारेमा पनि पढ्न दिइएको थियो । शोधकर्ताहरुले यसका बीचमा भएको बहस र पैसाका बीचको सम्बन्ध पत्ता लगाउन सफल भए ।

अनुसन्धानकर्ताले मानिसहरु पैसा कमाउन बढी ध्यान दिएको र आफ्नो पार्टनरको आवश्यकता र चासोका बारेमा कम ध्यान दिइएको निचोड निकाले । उनीहरुले यही कारण उनीहरु छुट्टिने कारण बन्ने गरेको पनि पत्ता लगाए । मिशिगनका उपप्राध्यापक तथा मनोवैज्ञानिक देबोराह इ वार्डले मानिस जस आर्थिक पहुँचलाई नै आफ्नो प्राथमिकता बनाउन थाल्दा यस्तो स्थिति आउने गरेको बताए ।

रिसर्चमा सहमागी ४३४ मानिस मध्ये ७४ प्रतिशत मानिसलाई डायरी दिइएको थियो । ६ हप्तामा यस डायरीमा लेखेर सक्न भनिएको थियो । यस डायरीमा हरेक हप्ता केही प्रश्नहरुको जवाफ लेख्न भनिएको थियो । रिसर्चमा जब एकमा पैसा धेरै कमाउने इच्छा जाग्छ तब उनीहरुले आफ्ना जीवनसाथीलाई मनदेखि नै सहयोग गरेको पाइएन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...