चर्को विवादका बीच एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित, केन्द्रीय कमिटी बैठकको तयारी

Kp oli

काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठकले चर्को विवादका बीच विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

आगामी भदौ २७ र २८ गते बोलाइएको विधान महाधिवेशनलाई लक्षित गर्दै स्थायी समितिको सोमबारको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

उक्त संशोधन प्रस्ताव अब केन्द्रीय कमिटी बैठकमा लगिनेछ । उपाध्यक्ष वामदेव गौतमका अनुसार अध्यक्ष केपी ओलीले राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश गरेर त्यसलाई एकरुपता दिइएको छ ।

एमालेको यसअघिको स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।

यसपछि केन्द्रीय कमिटीको बैठक पनि सोमबार नै ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने तयारी गरेको छ । माधव नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओली पक्षलाई अधिवेशन सम्बन्धी गतिविधि रोक्न चेतावनी दिँदैआएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...