प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

Deuba prachanda.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनकै निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरुबीच बिहान १० बजेदेखि भेटवार्ता भइरहेको छ । उनीहरुबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताइएको छ ।

नेकपा एमालेका नेता माधवकुमार नेपालका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको बुझिएको छ । सरकारमा सहभागी हुने या नहुने भन्ने नेपालको अन्योलका कारण अहिलेसम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

अहिले सरकारमा प्रधानमत्री देउवासहित माओवादी र काँग्रेसका २ जना मन्त्रीहरु रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...