एमालेमा विधान मस्यौदाका लागि आवश्यक सुझाव लिन थालियो

Uml standing miting

काठमाडौं । नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिन थालेको छ ।

मुलुक संघीय संरचनामा गइसकेकाले सोही अनुसारको विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले छलफल प्रारम्भ गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरेको छ भने असोजको पहिलो साताभित्र पालिकास्तरका कमिटीको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यसका लागि भोली केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

यता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने पार्टी एकतालाई प्राथमिकतामा राखेर संघर्ष गर्ने जनाएको छ । नेपाल पक्षको केन्द्रीय कमिटीको हिजो सकिएको बैठकले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएको ठहर गरेको छ ।

नेताहरुले अध्यक्ष ओलीका अभिव्यक्तिले एकताका लागि आशंका कायमै रहेको भन्दै थप संघर्ष जारी राख्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...