पार्टीको वैधानिकता संकटमा छ, महाधिवेशन सार्ने चालबाजी मान्य हुँदैन : पौडेल समूह

Capture 90809

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औँ महाधिवेशन सार्ने चालबाजी मान्य नहुने निष्कर्ष निकालेको छ ।

पार्टीको वैधानिकता संकटमा पर्ने स्थिति रहेकाले महाधिवेशन समयमै गराउन सभापति शेरबहादुर देउवालाई पौडेल समूहले ध्यानाकर्षण गराउने भएको छ ।

बिहीबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले २३ भदौभित्र महाधिवेशन नगराए पार्टीमा अरु विकल्पको खोजी हुने निष्कर्ष निकालेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

महाधिवेशन सुनिश्चित गर्न दुई दिनभित्र क्रियाशील सदस्यताको विवाद टुंग्याउनुपर्ने पौडेलले बताए । क्रियाशील सदस्यताको विवाद टुंग्याउने जिम्मा तीन शीर्ष नेतालाई दिइएको छ । पार्टी संवैधानिक संकटमा फसेकाले महाधिवेशनको विकल्प नभएको पौडेल समूहको निष्कर्ष छ ।

सभापतिले पार्टीको वैधानिकता जोगाउँदै सरकारलाई प्रभावकारी बनाउनुपर्छ । पार्टीको वैधानिकतामा प्रश्न उठ्न लागेका बेला महाधिवेशन सार्ने पक्षमा उहाँ लाग्नुहुँदैन,उनले भने ।

महाधिवेशन सुनिश्चित गर्न पार्टी नेतृत्वले दुई दिनभित्र कार्यतालिका र निर्देशिका निर्वाचन समितिलाई क्रियाशील सदस्यताको विवरण दिइनुपर्ने पौडेल समूहको निर्णय छ । निर्देशिका र क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिले प्राप्त गरेमा प्रदेश समितिका लागि निर्वाचन हुनसक्छ । त्यसैले दुई दिनभित्र यो विषय टुंगो लगाउनुपर्छ भन्ने हाम्रो माग छ,पौडेलले भने ।

भदौमा महाधिवेशन नगराए पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन हुनुपर्ने पौडेल समूहको निर्णय छ । भदौ २३ भित्र नयाँ नेतृत्व चयन नभए वर्तमान कार्यसमितिको वैधानिकता समाप्त हुन्छ । यो केन्द्रीय समितिले काम गर्न सक्दैन । यस्तो अवस्थामा विशेष महाधिवेशनबाट पार्टी बचाउने विकल्पमा हामीले कुरा उठाइरहेका छौँ,पौडेलले भने ।

पौडेलले समयमा महाधिवेशन नगराए भदौबाट देउवा सभापति नहुने चेतावनी पनि दिइसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...