राष्ट्र बैंकले मौद्रिक नीतिमा पुनर्कर्जा तथा सहुलियतलाई निरन्तरता दिने

Rashtra bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई दिइएको सहुलियतलाई निरन्तरता दिने भएको छ ।

केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमा पनि पुनर्कर्जा लगायतका सहुलियतलाई निरन्तरता दिने भएको छ । आगामी मौद्रिक नीतिका सन्दर्भमा संसद्को अर्थ समितिसंगको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले पुनर्कर्जा कार्यक्रमलाई निरन्रता दिइने बताएका हुन् ।

कोभिड संक्रमण र त्यसको प्रत्यक्ष असर कायम रहेसम्म पुनर्कर्जाको निरन्तरता गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे । ऋणको नवीकरण र पुनर्संरचना भने कोभिड र निषेधाज्ञाको व्यवसायमा परेको प्रभावका आधारमा विषयगत रूपमा हेर्ने पनि उनले जानकारी गराए ।

छलफलमा राष्ट्र बैंकल सांसदहरुलाई ४४ बुँदे प्रतिवेदन वितरण गरेको थियो । प्रतिवेदनमा व्यापार घाटा र शोधनान्तरमा चाप न्यूनीकरण गर्न विलासिता र अनावश्यक वस्तुको आयातमा नियन्त्रण र प्रतिस्थापनमा जोड दिनु पर्ने उल्लेख छ । अहिले मुुलुकको चालु खाता घाटा २ खर्ब ९३ अर्ब रुपैयाँ माथि पुगिसकेको छ ।

प्रतिकृया दिनुहोस