सत्तारुढ कार्यदलको बैठक विनानिष्कर्ष सकियो, आजै अपराह्न ४ बजे पुनः बस्ने

Nepali congress 1

काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदल बैठक संसद बैठक भएकाले आजै पुनःअपराह्न ४ बजे बस्नेगरी विनानिष्कर्ष सकिएको कार्यदलका एक सदस्यले जानकारी गराएका छन् ।

सरकारले गर्ने न्यूनतम साझा कार्यक्रमलाई अपराह्न बस्ने बैठकले अन्तिम रुप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाइने तयारी छ । सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउन तीन दलका नेता सम्मिलित कार्यदल बनाइएको छ ।

कार्यदलको संयोजकमा पूर्णबहादुर खड्का रहेका छन् । कार्यदलले सत्ता साझेदार पाँच दलसँग परामर्श गरेर साझा कार्यक्रम बनाउने कार्यादेश पाएको छ । कार्यदलमा भने कांग्रेस, माओवादी र जसपाका नेतामात्रै सहभागी छन् ।

सरकारले अंगाल्ने न्यूनतम साझा कार्यक्रम तय भइसकेपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको झण्डै महिना दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै विरोध हुँदै आएको छ । देउवा सरकारमा चार मन्त्री र एक राज्य मन्त्री मात्रै छन् ।

कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...