ओलीलाई भेट्नुअघि प्रचण्ड-नेपालबीच भेटवार्ता, सरकारमा सहभागी बन्न प्रचण्डको आग्रह

Prachanda and madhav nepal

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ता गर्ने तयारी भइरहेको बेला प्रचण्डले भेटेका हुन् ।

प्रचण्ड र नेपाल दुवैको सचिवालयले भेट भएको स्थानबारे केही खुलाउन नचाहे पनि कोटेश्वरस्थित माधव नेपालको निवास नजिककै एक घरमा उनीहरुबीच भेटवार्ता भएको थियो ।

संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गठबन्धनका नेताहरुले मन्त्रिपरिषद विस्तारमा पनि नेता नेपाललाई पर्खिदै आएका छन् । नेता नेपाल पक्ष सरकारमा सहभागी भए बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

नेपालले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै छन् । पार्टी विवाद मिलाउने प्रयासस्वरूप अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी भएको हो । तर समय र स्थान तय भइनसकेको नेता सुवास नेम्वाङले जनाएका छन् ।

नेपाललाई पार्टीमा स्थान नरहेको दोहोर्‍याउँदै आएका ओली र समान हैसियतबिना एकता असम्भव भएको बताउँदै आएका दुई नेतालाई दोस्रो तहका नेताले भेटवार्ताका लागि बारम्बार दबाब दिँदै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...