अचानक माओवादी स्थायी कमिटी बठक स्थगित, यस्तो छ कारण

Maobadi sthai comitee

काठमाडौं । सत्ता गठबन्धन मध्येको एक दल नेकपा माओवादी केन्द्रको आज दिउँसो तय गरिएको स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘गम्भीर छलफल’ गर्नुपर्ने भन्दै आज दिउँसो ३ बजे तय भएको बैठक स्थगित भएको हो ।

आज अपराह्न ३ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठकले पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंग्याइने बताइएको थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी समिति सदस्यहरुलाई जानकारी गराइसक्नु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल मात्र सहभागी छन् । माओवादीले पाउने भनिएको ७ मन्त्रालयमध्ये बाँकी पाँच मन्त्रालय टुंगिन बाँकी छ ।

सामान्यतः कुन कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा छलफल भएपनि कुन कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लागिसकेको छैन । पछिल्लो समय कांग्रेसले महत्वपूर्ण मन्त्रालयहरुमा आफ्नो दावी प्रस्तुत गरेपछि आन्तरिक रुपमा सत्तारुढ दलहरुबीच खटपट सुरु भइसकेको छ ।

माओवादी केन्द्रले आज दिउँसो ३ बजे बैठक राखी सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने योजना बनाएको थियो । आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा थिए ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने तयारी भए पनि देउवाले अस्वीकार गरेका थिए । त्यसपछि माओवादीमा देउवाले खेल्न खोजेको माओवादी नेताहरुको बुझाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...