यी हुन् ‘द भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनालेमा पुग्ने टप ४ प्रतिस्पर्धी

The voice of nepal

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ३ ले फाइनालिस्ट प्रतिभा पाएको छ । शुक्रबार साझ भएको भोटिङको रिजल्ट अनुसार ‘द भ्वाइस’ ले टप ४ प्रतिभाहरु पाएको हो ।

सेमिफाइनलमा ‘द भ्वाइस’ को फर्म्याट अनुसार चार कोचहरुबाट एक एक जना प्रतिभाहरु फाइनलका लागि छानिएका हुन् ।

टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् । टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् ।

टीम राजुबाट काठमाडौँका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । त्यस्तै टीम दीपबाट बुटबलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् ।

एसएमएस र प्रभु पे मार्फत देश विदेशबाट एक साता गरेको भोटिङका आधारमा यी फाइनालिस्टहरु छानिएका हुन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेको लागि भोट गर्न आज शनिबार यी चार फाइनालिस्टले आफ्नो प्रस्तुति दिने छन् । पब्लिक भोटको आधारमा अर्को साता ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता घोषणा हुने छ ।  

प्रतिकृया दिनुहोस