भोजपुरका सुदन किराँती मन्त्री बन्ने सम्भावना, यस्तो छ कारण

Sudan kirati vojpur

काठमाडौं । राजनीति भनेको त्याग हो, तपस्या हो र समर्पण पनि हो । राजनीतिमा त्याग गर्नसके पद पाउन कुनै समस्या पनि हुँदैन । तर, लामो समयको त्याग हुँदा पनि पदको लोभ नगर्नेमा पर्छन् भोजपुरका सांसद सुदन किराँती ।

प्रदेश नं. १ को दुर्गम मानिने भोजपुर यतिबेला चर्चाको शिखरमा छ । यसरी चर्चाको शिखरमा आउनुको मुख्य कारण भनेको यहाँका राजनीतिककर्मीहरु सत्ताको पहुँचमा पुग्नु पनि हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भोजपुरकै ज्ञानेन्द्रबहादुर कार्कीले गरिरहेका छन् भने केही दिनअिघ मात्रै स्वास्थ्य राज्यमन्त्री बनाइएका उमेश श्रेष्ठ पनि भोजपुरकै हुन् ।

राष्ट्रिपति विद्यादेवी भण्डारीको माइती जिल्ला पनि भोजपुर नै हो । अहिले फेरि भोजपुुरबाटै अर्काे जिम्मेवार मन्त्रालय सम्हाल्ने अवसर पनि भोजपुरले नै पाउने सम्भावना छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेको सुचीमा सुदन किराँती, शुरेषकुमार राई, अनलाल मोदी र हेमकुमार राई रहेका छन् । यीमध्य पनि सुदन किँरातीको मन्त्री बन्नेमा पहिलो लिष्टमा छन् ।

उनले लामो समयदेखि राजनीतिक यात्रामा छन् । त प्रतिनिधिसभाको निर्वाचनमा भोजपुरको वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार किराँती ३४ हजार ३९४ मत ल्याई विजय भएका थिए । यसअघि उनी संविधानसभा सदस्य थिए ।

कहिले पनि पदको पछि नलाग्ने भएका कारण उनी अहिलेसम्म मन्त्री बन्न पाएका छैनन् । माओवादी केन्द्रबाट एक पटक पनि मन्त्रि नभएका कारण पनि योपटक किँराती मन्त्री बन्ने धेरैको आँकलन छ ।

यसका साथै भोजपुरका सांसद शेरधन राई प्रदेश नं. १ का मुख्यमन्त्री छन् । भोजपुरका आफ्नो मतर्ला सुरक्षित गर्न पनि यो पटक माओवादीले सुदन किराँतीलाई शक्तिशाली मन्त्रालय दिने तयारी गरेको छ ।

‘मैले कसैलाई पनि मन्त्री बनाइ दिनु पर्छ भनेर गुहार मागेको छैन’ किराँती भन्छन्, ‘राजनीति गर्दा पद पाउनुपर्छ भन्ने धेरैलाई हुन्छ । तर, म पदको लोभी छैन । आवश्यक परे जनताले नै पद, मान र सम्मान दिन सक्छन् ।’

माओवादीभित्र निक्कै राम्रो पकड बनाएका किँराती नेपाली राजनीतिमा खरो नेताको रुपमा चिनिन्छन् । स्पष्ट बक्ता र प्रखर युवा नेताको छवि बनाएका किराती माओवादीका स्थापित युवा नेता पनि हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...