टोकियो ओलम्पिकमा चीनको अग्रता, आयोजक जापान दोस्रो स्थानमा

Olympic 2021

काठमाडौं । जापानमा भइरहेको ओलम्पिकमा चीनले बिहीबारको खेलको समाप्तिमा अग्रता लिएको छ ।

बिहीबारको खेलको समाप्तिमा चीन १५ स्वर्ण पदकसहित शीर्ष स्थानमा रहेको छ भने १५ स्वर्ण नै भएको जापान दोस्रो स्थानमा छ । अमेरिका १४ स्वर्ण पदकसहित तेस्रो स्थानमा छ ।

बिहीबार टुङ्गो लागेका पौडीका पाँच स्वर्ण पदक मध्य दुई वटा चीनले जित्यो । महिला २०० मिटर बटरफ्लाइमा चीनकी झाङ युफ्लेईले स्वर्ण पदक जितिन् । सो स्पर्धामा अमेरिकाकी रेगन स्मिथले रजत र अमेरिकाकै हेली फल्किन्गरले कास्य पदक जिते । उनीसहित चीनको टोलीले रिलेमा पनि विश्व कीर्तिमानसहित स्वर्ण पदक जित्यो ।

पौडीको ८ सय मिटर फ्री स्टाइलमा अमेरिकाका रोबर्ट फिन्केले स्वर्ण पदक जिते । यसैगरी, इटालीका जर्जियो पालटेनेग्रीले रजत र युक्रेनका मिखायल रोमाञ्चुकले कास्य पदक जिते ।

पुरुष १०० मिटर फ्री स्टाइलमा अमेरिकाका केलेब ड्रेसेलले स्वर्ण, अस्ट्रेलियाका केल चाल्मर्सले रजत र रुसका क्लेमेन्ट कलेसेलोभले कांस्य पदक जिते ।

पुरुष २०० मिटर ब्रेस्ट स्ट्रोकमा अस्ट्रेलियाका स्टुबेट्ली कुकले स्वर्ण पदक जिते । सो स्पर्धामा नेदरल्यान्ड्सका अर्नो कामिङ्गाले रजत तथा फिनल्यान्डका म्याटी फ्याटसनले कास्य पदक जिते ।

रोइङको पुरुष पेयर फाइनलमा क्रोएसियाले स्वर्ण, रोमानियाले रजत तथा डेनमार्कले कास्य पदक जिते । यसैको महिला स्पर्धामा न्युजिल्यान्डले स्वर्ण, रुस ओलम्पिक कमिटीले रजत तथा क्यानडाले कास्य पदक जिते ।

लाइटवेट पुरुष डबल्समा आयरल्यान्डले स्वर्ण, जर्मनीले रजत तथा इटालीले कास्य पदक जिते । यसैको महिला स्पर्धामा इटालीले स्वर्ण, फ्रान्सले रजत रनेदरल्यान्डले कास्य पदक जिते ।

महिला क्यानोइको फाइनलमा अस्ट्रेलियाकी जेसिका फक्सले स्वर्ण, बेलायतकी मेलोरी फ्रान्कलिनले रजत तथा जर्मनीका आन्द्रे हार्जोगले कास्य पदक पाए ।

सुटिङको महिला ट्रायपमा स्लोभाकियाकी जुजाना रेहाकले स्वर्ण, अमेरिकाकी काउली ब्रोनिङले रजत र सान मोरिनाको अलेजान्द्रा पेरेलीले कास्य पदक जिते ।

पुरुष ट्रयापमा चेक गणतन्त्रका जिरी लिपटकले स्वर्ण, डेभिड कोट्सेल्सकीले रजत र बेलायतकी होली कोवार्डले कास्य पदक पाए ।

जुडोको दुवै स्पर्धामा घरेलु टोली जापानले सफलता पायो । महिला ७८ किलो तौल समूहमा जापानकी सोरी हमादाले स्वर्ण पदक जितिन् । फ्रान्सकी मृडेलीन मालोग्नाले स्वर्ण पदक जितिन् । यसैगरी, जर्मनीकी अन्ना मारिया र ब्राजिलकी मायरा अगुइराले कास्य पदक जिते ।

पुरुष १०० किलोमा जापानका आरोप उल्फले स्वर्ण पदक जिते । यसैगरी, कोरियाका गो घुचुमले रजत पदक जिते । पोर्चुगलका जर्ज फोनेस्का र रुस ओलम्पिक कमिटीका नइज लियास्लोभले कास्य पदक जिते ।

सिमोन वाइल्सको अनुपस्थितिमा अमेरिकाले जिम्न्यास्टिकको महिला अलराउन्डको स्वर्ण पदक जोगाएको छ । सो स्पर्धामा ब्राजिलकी आन्द्रेडड रेबेकाले फ्लोरको रुटिनको अन्त्यमा शरीर नियन्त्रण बाहिर गएपछि अमेरिकी सुनी लीले स्वर्ण पदक जितेकी हुन् ।

यसअघि छनोटमा चरणमा फ्लोरमा १४ स्कोर गर्दै लीलाई शून्य दशलमब ६ ले पछि पारेकी रेबेका यस गल्तीसँगै फ्लोरमा सुनी लीभन्दा पछि परेकी थिइन् । ओलम्पिक कमिटी अफ रुसकी एन्गेलिना मोलेन्कोभाले तेस्रो स्थान पाइन् ।

टेबल टेनिसको महिला एकलमा चिनियाँ खेलाडीले स्वर्ण र रजत पदक जिते । पुरुष एकलमा पनि दुई चिनियाँ खेलाडी फाइनलमा प्रवेश गरेका छन् ।फेन्सिङको महिला फोइलको टिम स्पर्धामा रुस ओलम्पिक कमिटीले स्वर्ण, फ्रान्सले रजत तथा इटालीले कास्य पदक पाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...