मन्त्रालय भागबण्डामा गठबन्धनको मिल्यो कुरा, चाडै मन्त्रिमण्डल बिस्तार हुने

Gathmanadhan miting

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबिना नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डासमेत लगाईएको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार प्रधानमन्त्रीसहित कांग्रेसले ८ मन्त्रालय, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालले भने ७र७ वटा मन्त्रालय पाउने छन् ।

नेपाल पक्षलाई संवैधानिक तथा राजनीतिक नियुक्ती दिईने सहमति भएको छ । अब हुने मन्त्रिपरिषद विस्तारमा कांग्रेसबाट उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीमा सुजाता कोइरालालाई ल्याउने लगभग निश्चित् भएको छ ।

कोइरालासँगै कांग्रेसबाट अब मन्त्री बन्नेमा उमाकान्त चौधरी, तेजुलाल चौधरी, सञ्जय गौतम, पुष्पा भुषाल र डा. नारायण खड्काको नाम चर्चामा छ ।
माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।

यस्तै, जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस