कांग्रेसको सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमा कल्याण गुरूङको नोट अफ डिसेन्ट

Pratibedan congress 12

काठमाडौं । नेपाली काँग्रेसको १४ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील सदस्यता पाएका छन् । पार्टी पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले बुझाएको प्रतिवेदनमा आफ्नो सुझावसमेत पेश गरेको छ ।

जसमध्ये ४ लाख ४३ हजार ६६८ जना जना नयाँ थपिएका छन् । त्यस्तै ४ लाख नौ हजार ३३ जनाको सदस्यता नवीकरण भएको छ । समितिले मंगलबार पदाधिकारी बैठकमा पेस गरेको विवरण अनुसार क्रियाशिल सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष र १ लाख ९९ हजार ९७ जना महिला रहेका छन् ।

प्रतिवेदनमा समितिका सदस्य कल्याण गुरूङले भने नोट अफ डिसेन्ट लेखेका छन् । छानबिनको काम नसकिँदै प्रतिवेदन बुझाइएको उनको भनाइ छ ।

समितिले अधिवेशनको वर्षमै क्रियाशील सदस्यता सम्बन्धी काम गर्दा जटिल र विवादित हुने गरेको भन्दै आगामी महाधिवेशनदेखि यो परम्परालाई तोड्न सुझाव दिएको छ ।

आगामी महाधिवेशनपछि पार्टी विधानको व्यवस्था अनुसारकै समयभित्र क्रियाशील सदस्यता वितरण सुरु गर्ने र निश्चित अवधिभित्र वितरण बन्द गर्नुपर्ने सुझाव समितिले दिएको छ ।

क्रियाशील सदस्यता नवीकरण र वितरण सम्बन्धी वैधानिक प्रावधान स्पष्ट र व्यवस्थित भए पनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन गर्ने विषय चुनौतिपूर्ण रहँदै आएको प्रतिवेदनमा उल्लेख छ । ‘अधिवेशनको वर्षमै क्रियाशील सदस्यता सम्बन्धी कार्य गर्ने परम्परा बसेकाले पनि यो विषय बढी नै जटिल र विवादग्रस्त बन्ने गरेको छ,’ प्रतिवेदनमा लेखिएको छ, ‘यो कार्य अधिवेशनको मिति नजिकिंदै गर्दा प्रारम्भ गरी हतारमा टुंग्याउनुपर्ने परिस्थिति आउनु अत्यन्त असहज अवस्था हो ।’

समितिले पार्टी विधानको वर्तमान व्यवस्थाअनुसार केन्द्रीय निर्वाचन समिति एक महाधिवेशनदेखि अर्को महाधिवेशनसम्म स्थायी रुपमा रहने स्थायी पार्टी निकाय भएकाले पार्टी सदस्यता लिने–दिने कार्य प्रक्रिया निश्चित समयमा गर्ने प्रावधान कायम राख्नुपर्ने सुझाव दिएको छ । क्रियाशील सदस्य र मतदाताको हैसियत स्पष्ट छुट्टिने वैधानिक व्यवस्था गर्नुपर्ने समितिको सुझाव छ ।

नवीकरण र नयाँ दुवै प्रकारमा सदस्यताको शुल्क सबै तहमा वितरण हुने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न र आफ्नो तहको शुल्क कटाएर मात्र बाँकी रकम माथिल्लो तहमा बुझाउने प्रणाली व्यवहारिक रुपमा नै कार्यान्वयनमा लैजानुपर्ने सुझाव समितिले दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...