युवा संघद्धारा काठमाडौंमा शक्ति प्रदर्शन, ‘युथफोर्स’ भ्याली कमाण्ड घोषणा

Youth force valley command

काठमाडौं । नेकपा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमाण्ड घोषणा गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।

भ्याली कमाण्डयुथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्‍याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ ।

पछिल्लो समय एमालेमा माधव नेपाल र केपी शर्मा ओलीको दुई पक्षले आ–आफ्नै तरिकाले विभिन्‍न कार्यक्रमहरू गर्दै आएका छन् । एक समूहले गरेका कार्यक्रममा अर्को समूह उपस्थित हुने गरेको छैन । आजको यस कार्यक्रममा पनि माधव नेपाल समूहको उपस्थिति भने छैन ।

प्रतिकृया दिनुहोस