कांग्रेस महाधिवेसनको कार्यतालिका संशोधन गर्ने सहमति, वडा तहको अधिवेसन स्थगित

Nepali congress meeting

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ । शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो ।

सो बैठकले गरेको निर्णयअनुसार साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । बैठकले कोरोना संक्रमण र समय अभावका कारण साउन १२ गतेको वडा अधिवेशन स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय महाधिवेशन गर्नुपूर्व साउन १२ गतेबाट वडा अधिवेशन तय गरेका थियौँ । अब तीन दिन मात्रै बाँकी छ वडाको अधिवेशनका लागि । समयको चाप रहेकै बेला जिल्ला जिल्लाबाट कोरोना संक्रमण बढिरहेको अबस्थामा समस्या आएको साथीहरूले पनि बताइरहनुभएको छ । आजको बैठकले साउन १२ गते हुने भनेको स्थगन गर्ने परामर्श गरेको छ । साउन १२ गतेका दिन स्थगन हुनको अर्थ केन्द्रिय महाधिवेशनको मिति सर्छ भन्ने होइन ।’

प्रवक्ता शर्माले क्रियाशिल सदस्यता छानविन समितिले धेरै स्थानको सदस्यताको टुंगो लगाइसकेको र साउन १२ गते समितिले तयार गरेको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने समेत जनकारी दिए ।

उनले भने, ‘साउन १२ गते बिहान ९ बजे प्रतिवेदन हस्तान्तरण गर्नुहुनेछ । साउन १२ गतेपछि छलफल गरेर वडा अधिवेशनको नयाँ मिति तय गर्छौं ।’ वडा अधिवेशन प्रभावित भएसँगै कांग्रेसको आगामी भदौका लागि तोकिएको महाविधेशनसमेत सर्नसक्ने सम्भावना रहेको तर तोकिएको मितिमा महाधिवेशन गर्न कांग्रेसले प्रयत्न भने गरिरहने प्रवक्ता शर्माले जानकारी दिए ।

अधिकांश स्थानको क्रियाशिल सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको प्रवक्ता शर्माले जानकारी दिए । उनले भने, ‘अधिकांश ठाउँमा सर्वसम्मत निर्णय भइसकेको छ । १२ गते हस्तान्तरण गर्नुपूर्व बाँकी स्थानको टुंगो लगाएर प्रतिवेदन तयार हुनेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...