टोकियो ओलम्पिकमा कल्पना परियारले सुटिङमा तोडिन् आफ्नै राष्ट्रिय कीर्तिमान

Kalpana pariyar tokiyo olympic

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।

प्रतियोगितामा ४६औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमानमानमा सुधार गरेकी हुन् । टोकियोमा आज बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा कल्पनाले ६१६.८ अंक प्राप्त गरिन् ।

हिजोबाट औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट पाँच जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । आजै बिहान जुडोकी सोनिया भट्टले पनि प्रतिस्पर्धा गर्दैछिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...