भव्य आतिशबाजीसहित जापानमा टोकियो ओलम्पिकको उद्घाटन, २०४ देशका ११ हजार बढी खेलाडी सहभागीता

Toky olimpic

काठमाडौं । विश्व खेलकुदकै महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२ औं संस्करण भव्य आतिशबाजीसहित जापानमा टोकियो ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ ।

जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको सानो टोलीले जापानी झण्डा बोक्दै प्रतियोगिताको उद्घाटन गरेको हो ।

जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा जापानी साँस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन गरेका छन् । ६८ हजार दर्शक क्षमताको रंगशालामा कोरोनाभाइरसको महामारीको कारण उद्घाटन समारोहमा करिब एक हजार भीआईपीको मात्रै उपस्थिति रहेको छ ।

यो ओलम्पिकमा २०४ देश र शरणार्थी टिमका ११ हजार बढी खेलाडी सहभागी छन् । सहभागी देशका खेलाडी र अफिसियलहरूको मार्चपास सुरु भइसकेको छ ।

जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थिति रहेको छ । औपचारिक रुपमा ओलम्पिक सुरु हुँदै गर्दा टोकियोमा कोभिड १९ संक्रमितको संख्याले पनि दिनहुँ रेकर्ड बनाइरहेको छ । त्यसैले महामारीले तीव्र रुप लिनसक्ने भन्दै स्थानीयबासीले ओलम्पिक आयोजनाको विरोध जनाइरहेका छन् ।

कोरोना भाइरस महामारीका कारण यसरी दर्शकहरुलाई रंगशालाबाहिरै राख्न आयोजक बाध्य भएको हो । टोकियो शहरमा शनिबार १३ सयभन्दा धेरैमा संक्रमण देखिएको थियो । ओलम्पिकसँग सम्बन्धित १ सयभन्दा धेरै व्यक्तिमा संक्रमण देखिएको छ । २४ अगस्टसम्म सञ्चालन हुने ओलम्पिक खेलमा विश्वभरबाट झन्डै ११ हजार खेलाडीहरु सहभागी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...