तोकिएकै मितिमा महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न चिन्ह खडा हुने : पौडेल

Dsgadghwar4eh

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न कटिवद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकतामाथि प्रश्न चिन्ह खडा हुने भन्दै नेता पौडेलले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न पार्टी पंक्तिसँग अनुरोध गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’को विमोचन गर्दै उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता जोगाउन पार्टीको केन्द्रीय कार्य समितिको निर्वाचन र प्रदेश समितिको मात्रै निर्वाचन गराउन उपयुक्त हुने प्रस्ताव समेत अघि सारे ।

पार्टीको वैधानिकतालाई जोगाउन यसै गरेर अघि बढ्नु बाध्यकारी अवस्था रहेको नेता पौडेलको तर्क थियो ।

‘ठूलो गौरवशाली पार्टीको दर्ता खारेज हुने रिस्क मोल्न हामी तयार छैनौं । पार्टीको वैधानिकतालाई जोगाउनका लागि केन्द्रीय समितिको निर्वाचन र प्रदेश समितिको निर्वाचन गराऔं । यसका लागि तत्काल यो क्रियाशील सदस्यता टुंगो लगाऔं ।

महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनुप¥यो,’ उनले भने, ‘यसो गरेर भए पनि हाम्रो पार्टीको वैधानिकता बचाउनका लागि कटिवद्ध भएर लाग्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्दछु ।’

वरिष्ठ नेता पौडेलले शुक्रबार बिहान बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र आफूले समेत तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेर जानुपर्नेमा जोड दिएको पनि स्मरण गराए । त्यसका लागि केन्द्रीय कार्य समिति र प्रदेश निर्वाचन समितिको मात्रै निर्वाचन गरेर महाधिवेशन सम्पन्न गर्न सकिने उनको प्रस्ताव छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संखुवासभा सामूहिक हत्या प्रकरणका मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर रहेको प्रहरीको खुलासा

1631016204 axgou

काठमाडौँ । संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुल...