कांग्रेस सांसद अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा

Amresh kumar shing

काठमाडौं । नेपाली कांग्रेसका सांसद् अमरेश कुमार सिंहले पार्टी सभापति एवम् प्रधनमन्त्री शेर बहादुर देउवालाई सांसद् पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।

सांसद सिंहले पार्टी समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँधली भएको भन्दै उनले राजीनामाको धम्की दिएका थिए । क्रियाशील सदस्यता विवाद्लाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यबद्धता जनाउँदै सांसद् सिंहले राजीनामा बुझाएका हुन् ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी पनि गरेका थिए । सो लगत्तै सांसद सिंहले सभापतिलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...