२२ सांसदले फ्लोर क्रस गरेपछि एमाले अध्यक्ष ओलीको स्पष्टीकरण पत्र

Kp oli

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेपछि पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्पष्टीकरण पत्र पठाएका थियो ।

५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन । तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाएको छ ।

यहिँ साउन ३ गते प्रतिनिधि सभाको बैठकबाट नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए ।

त्यसको भोलिपल्ट बसेको एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...