माओवादीको स्थायी समितिको बैठक आज १ बजे बस्ने

Maobadi sthai comitee

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले स्थायी समितिको बैठकको आव्हान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे हुने बैठकमा सरकारमा मन्त्रीका रुपमा पठाइने नेताहरुका बारेमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री देउबाले आइतवार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

सरकारमा सहभागी हुन आकांक्षीहरुको माओवादी केन्द्रमा शीर्ष नेताका घरमा ‘डेलिगेशन’ आउन थालेपछि नेताहरुले बैठक बसेरै यस बिषयलाई टुङ्ग्याउन लागेका हुन् ।

माओवादीले सरकारमा नयाँ अनुहारलाई पठाउने स्पष्ट अनौपचारिक घोषणा गरेपनि बैठकको माध्ययमबाटै औपचारिक निर्णय गराउन खोजेको देखिन्छ ।

मंगलवार पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारका विषयमा प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटी छलफल गरेका छन् । दलहरुका बीचमा भागबण्डा नमिलेकाले मन्त्रिपरिषद् विस्तारमा समस्या पैदा भएको छ ।

प्रतिकृया दिनुहोस