बकर इदमा साउन ६ गते सार्वजनिक विदा दिने सरकारका निर्णय

Bakar eid

काठमाडौं । सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको बताए ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा
सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम असोज मसान्तसम्म लागू हुने गरी दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सरकारका प्रवक्ता कार्कीका अनुसार विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

यसवर्ष बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ । सिन्धुपाल्चोकमा आएको बाढीले यसवर्ष धनजनको ठूलो क्षति पु¥याएको थियो । यस्तै मनाङमा बाढीमा परेर ५३ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...