साउनको पहिलो सोमबार पशुपतिको ढोकाबाटै महिलाले गरे दर्शन

Pasupati saune barta

काठमाडौं । साउने सोमबारको पहिलो दिन, हिन्दू नारीहरुले व्रत बसी शिवजीको पूजा आराधना गरेका छन् ।

साउन महिना भगवान शिवलाई मन पर्ने महिना र सोमबार मनपर्ने दिन भएकाले यो महिना र सोमबारको महत्व बढी रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । परापूर्वकालमा पार्वतीले शिवजी पति पाउँ भनी व्रत बसेको र पछि शिव भगवानलाई पतिको रुपमा पाएकाले पनि साउने सोमबारको महत्व बढेको पाइन्छ ।

सोमबारको व्रत विवाहित महिलाले पतिको लामो आयुको कामना गर्दै व्रत बस्छन् भने अविवाहिताले सुयोग्य वर पाउँ भन्ने कामना गर्दै व्रत बस्ने गर्दछन् । यसपटक साउन महिनामा पाँच वटा सोमबार परेको छ ।

काठमाडौँको पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । तर यसवर्ष पनि कोरोना त्रासका कारण पशुपतिनाथ मन्दिर बन्द छ । कोरोना त्रासलाई बेवास्ता गर्दै देशभरका शिवजीका मन्दिरहरुमा भक्तजनको घुईंचो लागेको छ ।

पशुपतिनाथ मन्दिर बन्द रहेपनि भक्तजनहरुले मन्दिरको मूल ढोकामै शीवजीको पूजा आराधना गरेका छन् । साउन महिनाको धार्मिक रुपमा निकै महत्व छ । त्यसमाथि साउने सोमबारको झनै ठूलो महत्व हुने गरेको छ ।

यस दिन विवाहित र अविवाहित महिला भगवान् शिवको पूजा आराधना गरी व्रत बस्ने गर्दछन् । साउन महिना शुरु भएदेखि नै हातमा मेहन्दी र हरियो चुरा लगाउन, रातो–पहेंलो र हरियो साडी पोते लगाउन पसलहरुमा निकै भीड देखिन्छ ।

प्रतिकृया दिनुहोस