प्रदेश २ सरकारमा माओवादीको ‘इन्ट्री’, २ जना मन्त्रीले लिए सपथ

Pradesh 2 safat

जनकपुर । प्रदेश २ मा नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीले शपथ लिएका छन् । अब माओवादी केन्द्र प्रदेश २ मा आजदेखि सत्तारूढ दल बनेको छ ।

प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा सपथ खुवाएका हुन् ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीको राजीनामा आजै मुख्यमन्त्री राउतले स्वीकृत गरेका थिए । मुख्यमन्त्री राउत समक्ष आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा बुझाएका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्ठ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएको थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर मन्त्रालय बाँडफडमा कुरा नमिलेपछि सरकारमा सहभागी भएको थिएन ।

साह महोत्तरी क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । दुवै मन्त्रीले सपथ मातृ भाषामा गर्ने इच्छा व्यक्त गरे पनि कानुनी जटिलताका कारण नेपाली भाषामै सपथ ग्रहण गराइएको थियो ।

 

प्रतिकृया दिनुहोस