एकता प्रयासमा फेरि सक्रिय ओली र नेपाल पक्षीय नेताहरु, सिंहदरबारमा वार्ता जारी

Madhav kumar nepal kp sharma oli jhalanath khanal

काठमाडौँ । एमाले विवाद समाधान सम्बन्धी कार्यादलका पूर्व सदस्यहरु र थप केही नेताहरु पार्टी एकताका लागि फेरि सक्रिय भएका छन् ।

शीर्ष तहमा आएको तिक्तताले एकता संघारमा रहेको पार्टी विभाजन उन्मुख भएको निष्कर्ष निकाल्दै उनीहरु फेरि पार्टी एकता प्रयासमा जुटेका हुन् ।

स्रोतका अनुसार अहिले सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जना र वरिष्ठ नेता माधकुमार नेपालका तर्फबाट भीम आचार्यसहित ७ जना नेताहरु छलफलमा जुटका छन् ।

संसद बचाउन गठनबन्धनको सरकारलाई साथ दिने कि पार्टी बचाउने भन्ने दोधारमा रहेका नेपाल पक्षका नेताहरुले फेरि ओलीपक्षका नेताहरुसँग संवाद अघि बढाउका हुन् ।

शुक्रबार आफूहरुको आग्रह अनुसार ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित नगरेपछि नेपाल पक्षका नेताहरु निराश भएका थिए । ओलीले एमाले विवाद समाधान सम्बन्धी कार्यदलको १० बुँदे सहमति प्रस्ताव अनुमोदन गर्दै कार्यदल भंग भएको घोषणा गरेका थिए । पार्टी फुटलाई टार्न नसक्ने स्थितिमा पुगेको उनीहरुले बताएका थिए । नेता नेपालसँग उनीहरुको लामो संवादसमेत भएको थियो ।

तर शनिबार सबेरैदेखि उनीहरु एकताको प्रयासमा जुटेका हुन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि ओलीले नेपाललाई ‘लाल गद्दार’को आरोप लगाउँदै उनका लागि अब एमालेमा ठाउँ नरहेको घोषणा गरेका थिए । नेपाल भने पार्टी विवादबारे मौन छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...