आवेग र उत्तेजनामा नआइ रचनात्मक प्रतिपक्षमा रहन्छौं : केपी ओली

Kp oli 98 69 0

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू आवेग र उत्तेजनामा नआउने बताए ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएकाले आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताए ।

राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने उनको प्रतिबद्धता छ ।

उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने उल्लेख गर्दै कार्यान्वयनमा जान अघि बढ्ने बताए । बैठकमा वामदेव गौतमसहित माधव नेपाल पक्षका नेताहरू उपस्थित छैनन् ।

असार २८ गतेको सर्वोच्च अदालको फैसलाले ओलीले गरेको प्रतिनिसभा पुनर्स्थापित गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...