एमालेको कार्यदल नै भंग, देउवालाई समर्थन नगर्ने एमालेको निर्णय

Uml meeting 1 saun

काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक द्धन्द्ध समाधानकालागि गठिन कार्यदल भंग गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले कार्यदल विघटन गरेको छ ।

नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे सहमति अनुमोदन गरेको छ । साथै कार्यदल अनुमोदन गर्दै कार्यदललाई धन्यवाद दिएको छ ।

बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीले भने, ‘बैठकले कार्यदलको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने, कार्यदलका लागि ओली सरकारलाई धन्यवाद दिने निर्णय गरेका छौँ । कार्यदलले राम्रो काम गरेको र कार्यदलको सुझावलाई पार्टीले लिनेछ र कार्यदल विघटन गर्ने निर्णय गरेका हौं ।’

यसैबीच आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक स्थगित गर्न माग राख्दै पुगेका थिए ।

कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै उनीहरूले बैठक रोक्न माग राखेका थिए । तर ओलीले कार्यसूची अनुसार बैठक अघि बढ्ने भन्दै अस्वीकार गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...