सरकारबाट बाहिरएपछि पहिलोपटक एमालेको स्थायी कमिटी बैठक बस्दै

Cpn uml dhumbarahi

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार सरकारबाट बाहिरिएपछि बैठक पहिलो पटक बस्न लागेको हो ।

महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि आजका लागि बैठक बस्ने तय गरेका हुन् । बैठक आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्न लागेको हो ।

केन्द्रीय कार्यालयमा ठाउँ साँघुरो भएर बैठक च्यासलमा आयोजना गर्न लागिएको उनको भनाई छ । बैठकमा उपस्थित हुन माधव नेपालसहितका सबै नेताहरुलाई खबर गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

यसअघि १० बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरुको सल्लाहमा स्थगित भएको थियो । अध्यक्ष ओलीले आजै संसदीय दलको बैठक पनि बोलाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...