पत्थरीको शल्यक्रिया गरेकाले पेट बढेको भन्दै खुश्बुले बच्चा जन्माएपछि...

Bachcha

विराटनगर । मोरङको रंगेलीमा छिमेकी युवासँगको अवैध यौन सम्बन्धपछि जन्मिएको नवजात शिशुलाई आफ्नै आमाले ब्ल्याङ्केटले मुख छोपेर हत्या गरेको रहस्य खुलेको छ ।

रंगेली नगरपालिका–५ आँपगाछीकी २५ वर्षीया खुश्बु मण्डलले छिमेकी २४ वर्षीय अजयकुमार सरदारसँगको अवैध सम्बन्धबाट शिशु जन्मिएको केही बेरमै हत्या गरेको रहस्य खुलेको हो ।

खुश्बुका श्रीमान अरुण मण्डल तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । गत चैतमा घर फर्किएपछि श्रीमतीको पेट ठूलो भएको देखेर सोधीखोजी गरेका थिए । तर, खुश्बुले पत्थरीको शल्यक्रिया गरेकाले पेट बढेको भन्दै श्रीमानलाई ढाट्दै आएकी थिइन् । तर, आइतबार राती घरमै छोरी जन्माएपछि छिमेकीसँग अवैध सम्बन्ध रहेको खुलेको थियो ।

प्रहरीका अनुसार अरुण विदेश गएपछि नजिकिएका अजयसँगको अवैध शारीरिक सम्पर्कबाट खुश्बु गर्भवती बनेको पुष्टि भएको छ । तर शिशु हत्या आरोपमा आफू पक्राउ पर्दा पनि उनले अजयसँगको सम्बन्धका बारेमा खुलाएकी थिइनन् ।

चार चक्के सवारी साधनका चालक रहेका अजय र खुश्बुको घरको दूरी लगभग दुई सय मिटरजति मात्रै छ । शिशुको हत्या भएपछि चार जना पक्राउ परेलगत्तै फरार बनेका अजयलाई खुश्बुले दिएको बयानका आधारमा गाउँमै लुकेर बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख जनार्दन एसपी जिसीको भनाइ छ ।

जिसीका अनुसार शिशु हत्या आरोपमा खुश्बुसहित उनका बाबु ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीया उर्मीला मण्डल र श्रीमान २८ वर्षीय अरुण मण्डललाई गत सोमबार नै पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउन बिहीबार नै अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा पनि कारबाही अघि बढाउने प्रहरीको तयारी छ । पतिको अनुपस्थितिमा खुश्बुसँग अवैध सम्बन्ध राख्ने अजय पनि विवाहित हुन् ।

१७ महिनाअघि बिहे गरेका उनको घरमा श्रीमती र सात महिनाकी छोरी रहेको प्रहरीले जनाएको छ । गत कात्तिक–मंसिरतिर खुश्बुसँग आफूले यौन सम्पर्क गरेको प्रहरीलाई उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...