सहमति विथोलिने खतरा देखिएपछि एमाले दोस्रो तहका नेताहरुको बढ्यो सक्रियता

Kar

काठमाण्डौं । नेकपा एमालेको पार्टी एकताका लागि भएको दशबुँदे सहमति विथोलिने खतरा देखिएपछि पार्टी भित्रका दोस्रो तहका नेताहरु फेरि सक्रियता देखाएका छन् ।

यहिँ असार २८ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो ।

सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निजि निवासमा सम्बोधन गर्दै गर्दा माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उहाँबाहेक अरु नेता गल्ती कमजोरी स्वीकार गरेर मात्र आए पार्टीमा स्थान दिने बताए ।

अध्याक्ष ओलीले शुक्रबार संसदीय दलको बैठक समेत बोलाएका छन् ।

सहमति भाँडिने खतरा बढेपछि दुबै समूहका दोस्रो तहका नेताहरुले बिहीबार अनौपचारिक छलफल गरेका छन् । एमाले सचिव गोकर्ण विष्ट भन्नछन्, ‘कार्यदलले गरेको दश बुँदेमा टेकेर एकता जोगाउन अरु नेताहरुबीच पनि सम्वादमा चलिरहेको छ ।’

शुक्रबार बोलाइएको संसदीय दलको बैठक रोक्नुपर्नेमा दुबै पक्षका दोस्रो तहका नेताहरुको साझा माग छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...