माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिँदै ओलीले भने, अब माधवलाई क्षमा दिन सकिँदैन

Adsgweg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् ।

माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताएका छन् ।

बालुवाटारबाट बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनु हुन्छ भने उहाँहरुलाई मौका दिन्छौं ।

तर माधव नेपालको हकमा भन्नेहो भने आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ नरहेको उनको भनाई छ ।’ 

ओलीले जनतामा जान नदिनका लागि अदालतले असंवैधानिक फैसला गरेको आरोप लगाएका छन् । ओलीले राजनीतिक दल र नेताको मूल्याङ्कन गर्न पाउने जनताको अधिकार अदालतले खोसेको आरोप पनि लगाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...