इटलीले जित्यो युरो कपको उपाधी, रोनाल्डोले पाए गोल्डेन बुट

Italy win game

काठमाडौं । इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको छ । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन-दुईले हराउँदै इटली विजेता बनेको हो ।

यसअघि निर्धारित ९० मिनेटमा एक-एक गोलको बराबरी भएपछि खेल थप समयमा गएको हो । खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो । तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक/एक गोलको बराबरीमा फर्काए ।

इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो एक पटकको च्याम्पियन इटलीले भने चौथो पटक फाइनल खेलेको हो । इटली सन् १९६८ को युरो कपको च्याम्पियन बनेको थियो ।

गोल्डेन बुट रोनाल्डोलाई
पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका छन् । १६ औं संस्करणको युरोकप फुटबलमा सर्वाधिक गोल गर्दै उनले गोल्डेन बुटको अवार्ड हात पारेका हुन् ।

रोनाल्डोले प्रतियोगिता अवधिभर ५ गोल गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् । चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।

युरोकपको उपाधि भने इटालीले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि चुमेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...