फुटबाट जोगियो एमाले, यस्तो छ १० बुँदे सहमति (सहमति पत्रसहित)

Uml sahamati

काठमाडौं । विभागनको संघारमै पुगेको सत्तारुढ दल नेकपा एमाले अन्ततः फुटबाट जोगिएको छ । नेकपा एमालेभित्रको विवादलाई कार्यदल स्तरको बैठकले टुङ्ग्याएको छ । आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए ।

उनका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्र नेतृत्व तहमा पेस गरिने उनले जनाए ।

एमाले कार्यदलको बैठकमा माधव नेपाल समूहको ६ बुँदे शर्त पुरा भएको नेताहरुले बताएका छन् । माधव पक्षले जेठ २ मा फर्किनुपर्ने, पावर सेयरिङ हुनुपर्ने लगायतका मागहरु राख्दै आएका थिए ।

सहमतिको जुटाउन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले कार्यदलको बैठक १३ घण्टा चलेको थियो । सो बैठकले सहमति जुटाएको नेताहरुको भनाइ छ ।

फुटबाट जोगियो एमाले, यस्तो छ १० बुँदे सहमति (सहमति पत्रसहित)aसहमतिको पहिलो बुँदामा पार्टीभित्रका अन्तरविरोधहरुलाई पार्टी भित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएको उल्लेख गरिएको छ ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटी सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशिल हुने भनिएको छ ।

सहमतिसँगै २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारवाहीहरु स्वतः बदर भएका छन् ।

सहमतिमा २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) मा रहनेहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेकाहरुलाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्यलाई नेकपामा रहँदा सरहको कमिटीमा संगठित गरिने भनिएको छ ।

यस्तो छ सहमति 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...