एमाले कार्यदलको बैठक सिंहदरवारमा शुरु, सहमतिपत्रमा हस्ताक्षरको तयारी

Acc

काठमाण्डौं ।  सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सिंहदरवारमा शुरु भएको छ । बैठकमा कार्यदलका सदस्यहरुले सहमतिपत्रलाई अन्तिम रुप दिई त्यसमा हस्ताक्षर गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग आन्तरिक परामर्शपछि सहमतिको बुँदालाई अन्तिम रुप दिन कार्यदलका सदस्यहरु अहिले विहान साढे नौ बजेदेखि बैठकमा जुटेका हुन ।

कार्यदलका सदस्यहरुले सहमतिलाई हस्ताक्षरसहित अन्तिम रुप दिएपछि आज दिउँसोका लागि स्थायी कमिटी बैठक बोलाउने तयारी एमालेले गरेको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज दिउँसोका लागि स्थायी कमिटी बोलाउने तयारी भएको जानकारी दिएका छन् । स्थायी कमिटी बैठकमा सहमतिका बुँदाबारे सामान्य व्रिफिङपछि अनुमोदन हुने नेता तामाङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...