कविता : एक प्याला कफी

L.b bk poim

हरेकको जीवनमा
कुनै न कुनै चिजको
लत लाग्छ
त्यो लत
मलाई पनि लागेको छ ।

मलाई थाहा छ
कुनै पनि चिजको
अम्मली हुनु राम्रो होइन
तर यो कफी
आहा !
कस्तो सुगन्धित
मजादार बास्ना
स्वादै मिठो
याद बनाई दिने
अनि त्यो
कफीको प्याला ।

ओहो...!
कति आनन्दित
हल्का गला भिजाउने बित्तिकै
शरिरभरी सुगन्ध फैलिन्छ
अनि उदासिनता हटाउँदै
मान्छेलाई स्फूर्ती दिलाउँछ
यसैले त अम्मली बनेँ त्यसको
सधैँ सम्झिरहने बानी प¥यो
यो कफीले गर्नुग¥यो
अनि बिर्सिदिएँ
बितेका याद
बेचैन बनाइराख्ने
ती हरेक क्षण
बिर्सिदिएँ ।

तर पनि
पलपल याद आइरहन्छ
त्यो कफी
अनि ति कफी गर्ल
नजर मात्रै जुधेँ पनि
मात लाग्ने
तीनपानेको प्याला जसरी
मस्तिष्कमा घात लाग्ने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...