आज २४ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्बको सेयर कारोबार

Share market

काठमाडौं । बुधवार शेयर बजार नेप्से परिसूचक २३ दशमलव ९७ अंकले बढेर २ हजार ८२५ दशमलव ११ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २ सय २३ वटा कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा यो ०.८५ प्रतिशतले बढी हो । यो साता आइतबारदेखि सबै दिन घटेको नेप्से बिहीबार करिब २४ अंकले बढेको हो । गत आइतबारदेखि बुधबारसम्म नेप्से करिब साढे ४२ अंकले घटिसकेको थियो ।

बिहीबार करिब ५१ हजार ८ सय ६८ कारोबारबाट २ सय २३ कम्पनीका १ करोड ३१ लख ४३ हजार २ सय ४० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढी हो । बुधबार सेयर बजारमा ४ अर्ब ५८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन डिस्टलरीको १७ करोड ४६ लाख, एनआइसी एशिया बैंकको १६ करोड ७९ लाख, निफ्राको १३ करोड ९९ लाख र अपर तामाकोशीको १२ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, जोशी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...