एमालेको विवाद समाधान नजिकै पुगेको कार्यदलको दाबी, अर्को बैठक भोलि फेरि बस्ने  

Uml working committee

काठमाडौँ । नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदल बैठक विवाद समाधानको दिशा तर्फ बढेको दाबी गरेका छन् ।

पार्टी भित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु आज सिंहदरबारमा छलफलमा जुटेका थिए। बैठक सकारात्मक भएको कार्यदलका सदस्य रघुजी पन्तले बताए।

‘बैठक सहमति उन्मुख छ। सहमति भएको छैन’ उनले भने। तीन दिनदेखि एमाले कार्यदलको  बैठक निरन्तर बसिरहेको छ। मंगलबार बसेको कार्यदल बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि फरक फरक गतिविधि गर्दै आएका एमालेका दुई समूहलाई मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएर लागेका छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने बताउँदै आएका छन् भने ओली समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएका छन्। 

सांसदहरुले हस्ताक्षर फिर्ता लिए प्रतिनिधिसभा पुनर्स्थापित भएको अवस्थामा पनि संसदम आफ्नै पार्टी बलियो हुने र सत्ता तत्काल छोड्नुनपर्ने बुझाइ ओली समूहको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...