ओली अल्टिमेटम : हस्ताक्षर फिर्ता लिने समय आज ५ बजे सकिँदै, नेपाल समुहले के गर्ला त ?

Kp madhav fut najik

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ ।

गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकमार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिँदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए एमाले नै नरहने चेतावनीसमेत दिएका थिए ।

तर, ओलीले दिएको समयसीमा सकिन लाग्दा पनि नेपाल समुहमा कुनै हलचल आएको छैन । बरु उल्टै ओलीले हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ ।

योसँगै एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ । अर्था्त ओलीले अव माधव नेपाल सहितका हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्नुपर्ने हुन्छ । तर, कारवाही गरेमा मात्रै पनि एमाले औपचारिक रुपमै विभाजन हुनेछ ।

अध्यक्ष ओलीको समसयसीमा सकिनै लाग्दा एमालेका दोस्रो तहका नेताहरुको दौडधुप पनि बढेको छ । आइतबार नेपाललाई फकाउन ओली पक्षीय नेताहरु नेपाल निवास कोटेश्वर पुगे पनि नेपालले खासै चासो नदिएपछि ओली पक्षीय नेताहरु निरास बनेका छन् ।

प्रतिकृया दिनुहोस