नेपाल खेलकुद महासंघ धनकुटाको अध्यक्षमा ऋषिराम पराजुली

Dhankuta khelkud news

धनकुटा । नेपाल खेलकुद महासंघ धनकुटाको जिल्ला भेलाले ऋषिराम पराजुलीको अध्यक्षतामा १ सय १३ सदस्य जिल्ला कार्यसमिति गठन गरेको छ ।

जिल्ला कमिटी धनकुटाको उपाध्यक्षमा भुपाल घले, महिला उपाध्यक्षमा दालामु शेर्पा, सचिव कृष्णा मल्ल, सहसचिवहरुमा गणेश लिम्बु, अनु राई, पदम चेम्जोङ, बुद्ध लिम्बु र कोषाअध्यक्ष टिका राईसहित १ सय १३ सदस्य संख्या रहेका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा निवर्तमान प्रतिनिधि सभासदस्य राजेन्द्रकुमार राईले सात वटै स्थानीय तहको संयोजक र सचिवसमेत तोकेका छन् ।

आज सम्पन्न भएको सो जिल्ला भेलाले असार १० गते पाख्रिबास नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने क्रममा नेपाली कांग्रेस लगायतका पार्टीहरुको मिलेमतोमा तोडफोड गर्ने र जनप्रतिनिधिहरुमाथि हातपात गर्ने कामप्रति घोर भत्र्सना र निन्दा गरेको छ ।

सो भेलामा जिल्ला समन्वय समिति धनकुटाका संयोजक टंक चौहान, जिल्ला खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य भोगेन्द्र थापा, केन्द्रियहरु कल्पना थापा, चन्द्र सुब्बा, जिल्ला पार्टी सचिव भीम राई, जिल्ला सचिवालय सदस्य तारा तितुङ, नेकपा एमाले धनकुटा नगर अध्यक्ष अर्जुन छाराहाङ लगायतले खेलकुदको माध्यमबाट समाज परिवर्तनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सो भेलाको सञ्चालन सचिव कृष्ण मल्लले गरेका थिए ।

प्रतिकृया दिनुहोस