प्रधानमन्त्री ओली र नेपालबीच टेलिफोनमा कुराकानी

Oli and madhav

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो दुई नेताबीच कुराकानी भएको प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईले जानकारी दिए ।

यसअघि गत बिहीबार राती ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको थियो । एमाले एकताको चर्चा चलिरहेको बेला दुई नेताबीचको फोन संवाद बढिरहेको छ । केही दिनयता दिनहुँजसो संवादमा रहेका नेताहरुले आज पनि ललितपुरस्थित समिट होटेलमा छलफल गरेका हुन् ।

छलफलमा अध्यक्ष ओलीका तर्फबाट नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र नेवाङ सहभागी थिए । वरिष्ठ नेता झलनाथ खनाल–नेपाल पक्षका घनश्याम भुसाल सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य सहभागी थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...