एमालेको केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु, संगठनका गतिविधि बढाउनेबारे निर्णय हुने  

Kp sharma oli.

काठमाडौँ ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।  दिउँसो ३ बजेका लागि बैठक बोलाइएपनि झण्डै पौने ४ बजेदेखि बैठक सुरु भएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिने जानकारी दिए । ‘माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही भएन । त्यसपछि पनि पार्टीभित्रको अन्तर विरोधका कारण पर्खिने क्रममा केही काम भइरहेको छैन ।

त्यसैले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिन्छ । स्थानीय पार्टी कमिटी र सदस्यता सम्बन्धी काम  अगाडि बढ्छ,’ उनले भने । महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । बैठकमा माधव कुमार नेपाल समूहका नेताहरुको भने सहभागिता रहेको छैन । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...