बलिउड अभिनेता आमिर खानले दोस्रो पटक गरे सम्बन्ध विच्छेद

5d3176452400008c17935f40

एजेन्सी । बलिउड अभिनेता आमिर खान र उनकी पत्नीकिरण रावबीच सम्बन्ध विच्छेद भएको छ। शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएका हुन्।

बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरुको वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले १५ वर्षको सम्बन्धलाई आधिकारिक रुपमा टुंग्याएको जनाएका छन् । बलिउडमा निकै उदाहरणीय मानिएको यो जोडीले जीवनको नयाँ अध्यायको सुरुआत भएको समेत बताएका छन् ।

‘सम्बन्ध वि’च्छेद जीवनको अन्त्य होइन, बरु जीवनको नयाँ यात्राको शुभारम्भ हो’ आमिर र किरणले विज्ञप्तिमा भनेका छन् । छोरा आजादलाई मिलेर हुर्काउने र अभिभावकत्व लिने समेत उनीहरुले जनाएका छन्।

आमिर र किरण दुबैले आफ्ना प्रशंसकलाई यो कठिन घडीमा साथ दिन समेत भनेका छन्। आफूहरु भविष्यमा पति र पत्नी नभएर को–प्यारेन्ट र व्यवसायिक रुपमा अघि बढ्ने पनि उनीहरुले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...