एमालेको केन्द्रीय समिति बैठक आज पनि, नेपाल पक्ष नजाने

206421050 358006759039268 7451173194209254852 n

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक शनिबार पनि बस्दैछ । दिउँसो ३ बजेपछि बस्ने बैठकमा नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने जनाइएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको शनिबारको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी विधान संशोधन गर्न विधान सम्मेलन तोक्ने लगायत विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

यसअघि शुक्रबारको बैठकले नेपाल खेमालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन दुई दिने अल्टिमेटम दिएको थियो। हस्ताक्षर फिर्ता नलिए एकताको आधार नबन्ने पनि ओलीले घोषणा गरेका थिए ।

आजको बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने सम्भावना छ ।

एमालेले आगामी मङ्सिर २ देखि ६ मा गर्ने घोषणा गरिसकेको छ । यद्यपि एमालेकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारले कात्ति २६ गते र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । यही भएर पनि मंसिरमा गर्ने भनिएको महाधिवेशन समयका कारण सार्नुपर्ने अवस्था आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...