स्वीट्जरल्यान्डलाई हराउँदै स्पेन यूरो कपको क्वाटरफाइनलमा प्रवेश

Spain 19

काठमाडौं । १६औं संस्करणको युरोकप फुटबलअन्तर्गत पहिलो क्वाटरफाइलनमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुसमा शुक्रबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा प्रवेश गरेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा स्पेनले जित हासिल गर्‍यो ।

स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो । स्वीट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरेका थिए ।

स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो । खेलको दोस्रो हाफको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १(१ गोलको स्थितिमा ल्याएका थिए ।

खेलको ७८ औं मिनेटमा रेफ्रीले स्वीट्जरल्यान्ड फ्रिउलरलाई रेड कार्ड दिएसँगै १० खेलाडीमा सीमित बनेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संखुवासभा सामूहिक हत्या प्रकरणका मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर रहेको प्रहरीको खुलासा

1631016204 axgou

काठमाडौँ । संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुल...