यी कलाकार, जसले २५ वर्ष नपुग्दै भर्जिनिटी गुमाए

Sunny leone

मुम्बई(बलिउड लाइफ) । सामान्यतया सेलिब्रेटीहरु आफ्नो व्यक्तिगत जीवनका बारेमा बोल्न चाहँदैनन् । उनीहरु निजी कुरा गोप्य नै राख्छन् । तर केही कलाकार भने आफ्नो निजी कुरा खोल्न हिच्किचाउदैनन् । कतिसम्म भने उनीहरुले आफ्नो पहिलो यौन अनुभवसमेत खुलेर भनेका छन् । यो सूचीमा रणवीर सिंह, रणवीर कपूरदेखि शिल्पा सेठ्ठीसम्म छन् ।

अभिनेता रणवीर सिंहले एक अन्तरवार्तामा आफूले १२ वर्षको उमेरमा भर्जिनिटी गुमाएको खुलाएका थिए । ‘मैले यो काम गर्दा म १२ वर्षको थिएँ । म हरेक काम चाँडै नै गर्छु,’ उनले भनेका छन् ।

अर्का अभिनेता रणवीर कपूरले १५ वर्षको उमेरमै भर्जिनिटी गुमाए । यी अभिनेता अहिले अभिनेत्री आलिया भट्टको प्रेममा छन् ।

अभिनेत्री सनी लियोनीले १४ वर्षको उमेरमै कुमारीत्व गुमाइन् । ‘म १४ वर्षको थिएँ । म बसेको नजिकै मिलिटरी क्यान्टिन थियो । त्यहाँ एक केटाले मलाई चिसो र फूलफूल खान बोलायो । एकदिन हामी रिसोर्टमा गयौं र खुबै मस्ती गर्यौ । मैले अभिभावकलाई साथीको जन्मदिनमा गएको थिएँ भनेर ढाँटेकी थिएँ’, सनीले भनेकी छन् ।

डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ की निर्णायक तथा अभिनेत्री शिल्पा सेठ्ठी कुन्द्राले आफू २२ वर्षको हुँदा कुमारीत्व गुमाएको खुलाएकी थियन् । उनले यो कुरा यूकेको चर्चित रियालिटी शो ‘बिग ब्रदर’मा खुलाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...