दोहोरो अंकले बढ्यो नेप्से, यी हुन् उकालो लाग्ने र ओरालो लाग्ने कम्पनीहरु

Share bazar dohoro angka

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अंकले उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १९.१२ अंकले बढेको छ ।

यससँगै नेप्से सूचक २ हजार ८४३ बिन्दुमा पुगेर बन्द भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक ४.४८ प्रतिशतले उकालो लागेको छ । विकास बैंक समूह ३.६४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.१६ प्रतिशत, वित्त समूहमा ३.०४ प्रतिशत, जलविद्युत समूहमा ०.७५ प्रतिशत, लगानी समूहमा ०.६० प्रतिशत, जीवन बीमा समूहमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत, लघुवित्त समूहमा ०.०४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९६ प्रतिशत, अन्य समूहमा १.७४ प्रतिशत र व्यापार समूहमा ०.५३ प्रतिशत बढोत्तरी भएको छ ।

आज कूल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ७० हजार १९८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार कारोबारमा आएका कूल १३ वटा समूहमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने निर्जीवन बीमा कम्पनीको सूचक सामान्य घटेको छ ।

होटल र पर्यटन र विकास बैंकको सूचक साढे ३ प्रतिशतले बढेको बजारमा फाइनान्स करिब ३ प्रतिशत तथा अन्य र लगानीको सूचक १ प्रतिशत धेरैले बढेको छ ।

यी हुन् सर्वाधिक कमाउने कम्पनीहरु
आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३० करोड ७२ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै ज्योति विकास बैंकको १८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मेगा बैंकको १८ करोड २४ लाख, बुटवल पावर कम्पनीको १६ करोड ६९० लाख, नेपाल पुनर्बीमा कम्पनीकिो १६ करोड ४० लाख, एनएलजी इन्स्योरेन्स कम्पनीको १२ करोड ६० लाख र नेपाल इन्स्योरेन्स कम्पनीको १२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ओरालो लाग्ने यी कम्पनीहरु
आज ओरियन्टल होटेलका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ । यसैगरी गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर पनि ९ प्रतिशत बढीले उकालो लागेको छ ।

यो दिन राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, सूर्योदय लघुवित्त र नेसनल हाइड्रोपावरको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...