एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरू, नेपाल समूह अनुपस्थित

Capture66582

काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठक शुरू भएको छ ।

अदालतले गत जेठ २७ मा अवैध ठहर गरेको यो कमिटीको जारी बैठक अन्तिम ठानिएको छ । यसमा माधव नेपाल पक्षधरका कारबाही गरिएका भनिएका ११ जना बाहेकलाई डाकिएको बताइए पनि उनीहरु गएका छैनन् ।

यो बैठकको औचित्य नै नरहेकाले नगएको माधव नेपाल समूहका नेता गोकर्ण विष्टले बताएका छन् । एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधिवेशनबाट छानिएको कमिटी मात्रै चिन्ने भएकाले यसको वैधता नभएको उनले बताए ।

संस्थापन पक्षको यो बैठकमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटी बनाउने स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने तयारी भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी समिति बैठकले २०७४ जेठ २ गतेको कमिटी व्यूँताउने निर्णय गरेको थियो । सो केन्द्रीय कमिटीको बैठक असार १८ गते डाकिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...